पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बलत्कारीलाई नौ वर्ष कैदको फैसला  

गणेश विष्ट, भोजपुर । जिल्ला अदालत भोजपुरले १४ वर्षीया बालिकालाई बलात्कार गर्ने एक व्यक्तिलाई ९ वर्ष कैद सजाँयको फैसला गरेको छ । 

जिल्ला न्यायाधीश हरीचन्द्र इङनामको एकल इजालसले षडानन्द नगरपालिका वडा नम्बर –१ नेपालेडाँडाका २८ वर्षीय युवक दिनेश देवकोटालाई ९ वर्ष कैदसहित ५० हजार क्षतिपूर्ति तिराउने फैसला गरेको हो  ।  

बालिकालाई आफ्नो पसलमा सामान किन्न आएको बेला ०७४ वैशाख २१ गतेदेखि पटक–पटक बलत्कार गर्ने गरेको भन्दै पीडित बालिकाको परिवारले दिएको उजुरीका आदारमा मुद्दा दर्ता भएको थियो ।