पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आधा किलो अवैध सुनसहित दुई जना पक्राउ

कञ्चनपुर । भारततर्फ लैजाँदै गरेको अवस्थामा आधा किलो अवैध सुनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

काठमाडौँबाट महेन्द्रनगर हुँदै भारततर्फ जाँदै गरेको एचआर १२ एएफ ०००६ नम्बरको भारतीय गाडीलाई जाँच गर्ने क्रममा प्रहरीले चालक भारत कैथल हरियानाका जितेन्द्र सोहनी र सुरेशकुमार पाललाई पक्राउ गरेको हो ।

उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।