पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

स्वेच्छिक अवकाश प्रक्रिया अघि बढाउन माग

काठमाडौँ । निजामती कर्मचारी आधिकारिक ट्रेड युनियनले निजामती कर्मचारीका लागि ल्याइएको स्वेच्छिक अवकास प्रक्रिया अघि बढाउन माग गरेको छ । 

काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले सरकारले रोकेको अवकाश प्रक्रिया तत्काल अघि बढाउन माग गर्नुभएको हो । 

अध्यक्ष ढकालले अवकासका लागि राजीनामा दिएर बसेका कर्मचारीलाई पुनः काममा पठाउन समस्या हुने भएकाले अवकाशको प्रक्रिया थाल्नुपर्ने बताउनुभयो । अध्यक्ष ढकालले समायोजन गर्दा कर्मचारीको भावनाअनुरुप गर्नुपर्नेमा पनि जोड दिनुभयो । 

चार सचिवसहित नौ हजार ६७१ जना कर्मचारीले अवकाशका लागि निवेदन दिएका छन् ।