पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

दुई पार्टी बीचको एकता प्रक्रियामा तीव्रता

काठमाडौं । केही दिनदेखि अलमलमा परेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रक्रियाले आज तीव्रता पाएको छ । 

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहान भएको भेटवातामा विस्तृत छलफल भएपछि दुई दलबीचको एकता प्रत्रmियाले तीव्रता पाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

दुई दलका अध्यक्षबीच भएको छलफलले पार्टी एकता संयोजन समितिको बैठक भोलि बिहान १० बजे बोलाउने निर्णय गरेको छ । 

नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा बैशाख ९ गते राष्टिय सभागृहमा भएको संयुक्त कार्यक्रमपछि दुई पार्टीबीच छलफल हुन नसक्दा एकताबारे विभिन्न आशंका गरिंदै आएको थियो । 

सोही सन्दर्भमा आज बसेको नेकपा एमाले स्थायी कमिटीको बैठकले नेकपा माओवादी केन्द्रसंगको एकता प्रक्रियालाई तीव्रता दिने प्रस्ताव गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यही जेष्ठ १५ गतेभित्र पार्टी एकीकरण गरिसक्ने प्रस्ताव गरेको परराष्ट्र मन्त्री एवं एमाले स्थायी समिति सदस्य प्रदीप ज्ञवालीले जानकारी दिनु भयो । उहाँले भोलि बस्ने पार्टी एकता संयोजन समितिको बैठकले गर्ने निर्णयलाई पार्टी केन्द्रीय समितिले अनुमोदन गर्ने जानकारी दिनु भयो । 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटघाटका बारेमा जानकारी गराउनु भएको थियो । 

बैठकमा सरकारको नीति तथा कार्यक्रम र  भोली बस्ने पार्टी एकता संयोजन समितिको बैठकका बिषयमा छलफल भइरहेको नेताहरुले बताउनु भयो । 

त्यसैगरी, नेकपा माओवादी केन्द्रको विस्तारित बैठक पनि अहिले अध्यक्ष प्रचण्डको निवासमा बसिरहेको छ । 

बैठकमा पार्टी एकता प्रत्रmियाबारे छलफल भइरहेको नेताहरुले जानकारी दिनुभयो ।