पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

दुई दिनमै ६ गुणा बढी आवेदन

काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सोमबारदेखि निष्कासन गरेको आइपिओमा दुई दिनमै ६ गुणा बढी आवेदन परेको छ ।

एनआइविएल एस क्यापिटलले उपलब्ध गराएको तथ्याङ्क अनुसार बुधबारसम्म ४७ लाख १२ हजार कित्ताका लागि आवेदन परिसकेको छ ।

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सोमबारदेखि ८ लाख ४० हजार कित्ता आइपिओ निष्कासन गरेको हो ।

छिटोमा जेठ ३ गतेसम्म सर्वसाधारणले आवेदन दिन पाउने बिक्री प्रबन्धक एनआइविएल एस क्यापिटलले जनाएको छ ।