पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘नागरिक वचतपत्र २०८०’ को विक्री खुला

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई अर्ब रुपैयाँ बराबरको ‘नागरिक वचतपत्र २०८०’ को विक्री खुला गरेको छ ।

पाँच वर्षे अवधिका लागि वार्षिक ९ प्रतिशत ब्याजदरमा  नागरिक वचतपत्र खुुला गरिएको र बचतपत्रमा जेठ २ गतेदेखि जेठ २२ गतेसम्म बोलपत्र पेश गर्न सकनेछ । यसको निष्काशन जेठ २८ गते गरिने राष्ट्र बैंकले जनाएको छ । 

बचतपत्रको सावाँ फिर्ता २०८० जेठ २८ गते हुनेछ ।

प्रत्येक ६ महिनामा व्याज दिइने उक्त बचतपत्र खरीद गर्न घटीमा १० हजार र बढीमा कुल निष्काशित रकमको सीमा नबढाई १० हजारले निःशेष भाग जाने अंक बराबरको रकमको लागि आवेदन दिन पाइनेछ ।

राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरु तथा राष्ट्र बैंकका उपत्यका बाहिरका कार्यालयहरुबाट बचतपत्रमा आवेदन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।