पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

लामिछाने विश्व ११ मा समावेश

काठमाडौं । नेपालका उदयमान युवा क्रिकेट खेलाडी सन्दिप लामिछानेले फेरि अर्को छलाङ्ग मार्ने भएका छन् ।

ईङ्गल्याण्डको लर्डस्मा वेस्ट ईन्डिज विरुद्ध हुने खेलमा सन्दिपलाई विश्व ११ मा समावेश गरिएको छ ।

विश्व ११ मा पाकिस्तानका शहिद अफ्रिदि र शोहेब मल्लिक, श्रीलङ्काका थिसरा परेरा, भारतका दिनेश कार्तिक र हार्दिक पाण्डे, न्यूजिल्याण्डका मिसेल म्याक क्लेनेगन लगायत विश्वका अन्य चर्चित खेलाडीहरु समावेश छन् ।

विश्व ११ को कप्तानी ईङ्गल्याण्डका कप्तान ईयान मोग्र्यानले गर्दैछन् ।

गत वर्ष आँधीले भत्किएका वेस्ट ईन्डिजका क्रिकेटका संरचनाहरु मर्मत गर्न यो च्यारीटी खेल आयोजना गर्न लागिएको हो ।

अहिले ईन्डियन प्रिमियर लिग आई पि एल मा डेल्ली डेयर डेभिल्सबाट खेलिरहेका सन्दिपले रोयल च्यालेन्जर्स विरुद्धको आफ्नो पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै एक विकेट लिएका थिए ।