पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

यु–१५ साफ फुटबल बंगलादेशमा हुने

काठमाडौं । १५ वर्ष मुनि उमेर समूहको साफ फुटबल प्रतियोगिता आगामी अगष्टको ९ देखि १८ तारिख सम्ममा बंगलादेशमा आयोजना हुने भएको छ ।

साफका महासचिव अनवरुल हकले राजधानी ढाकामा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा ७ वटा सार्क राष्ट्रको सहभागिता रहने जानकारी दिनुभयो ।