पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मिथिलाञ्चलमा बट सावित्री पर्व मनाइयो

सञ्जीवविक्रम शाह, सप्तरी । पतिको रक्षा र लामो आयुको कामना गर्दै आज तराइका जिल्लाहरुमा  श्रद्धापूर्वक बट सावित्री पर्व मनाइएको छ । पतिको दीर्घायु, सुस्वास्थ्य तथा समृद्धिको कामना सहित यो पर्व मनाउने चलन रहेको छ ।

बटबृक्षलाई मैथिलिमा बर अर्थात दुलहा पनि भनिन्छ । मिथिला संस्कृतीमा पतिलाई देउताको रुपमा पुजा गर्ने परम्परा पुरानो हो । ब्रतालुहरु बिहानै जलाशयहरुमा नुहाएर निरहार ब्रत बसी बटसावित्रीको पुजामा सहभागी भएका थिए ।