पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

भेरी अञ्चल अस्पतालमा मुटुरोगको उपचार सेवा सुरु

नवीन गिरी, नेपालगञ्ज । नेपालगन्ज स्थित भेरी अञ्चल अस्पतालमा मुटुरोगको अत्याधुनिक उपचार सेवा सुरु भएको छ । काठमाडौस्थित गंगालाल हृदयरोग केन्द्रले दिदैँ आएको सेवा सुविधा भेरी अञ्चल अस्पतालबाट पनि सुरु गरिएको अस्पतालका वरिष्ठ मुटुरोग विशषज्ञ डा. कृष्ण अधिकारीले जानकारी दिनुभयो । 

हिजो मात्रै सहिद गंगालाल अस्पतालका विशेषज्ञ चिकित्सकहरुको सहभागितामा मुटु सम्बन्धि जटिल उपचारको सफल परीक्षण समेत सम्पन्न भएको अस्पतालले जनाएको छ ।

गंगालालले दिने सेवासुविधा उपत्यका बाहिरका दुई अञ्चल अस्पतालमा विस्तार गर्ने सरकारको लक्ष्य अनुरुप भेरी अञ्चल अस्पतालमा पनि सेवा सुरु भएपछि त्यस स्थानिय बासिन्दा खुसी भएका छन् ।