पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘राष्ट्र हितविपरीत क्रियाकलाप गर्ने राष्ट्रवादी हुन सक्दैन’

कालीकोट । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलले राष्ट्र हित विपरीत क्रियाकलाप गरेर राष्ट्रवादी हुन नसकिने बताउनुभएको छ । 

नेपाली काँग्रेस, कालीकोटको दोस्रो जिल्ला सम्मेलनमा वरिष्ठ नेता पौडेलले नेपाली काँग्रेसको प्रजातान्त्रिक समाजवाद भनेको निमुखालाई न्याय र विपन्नलाई आय भएको बताउनुभयो ।

कार्यक्रममा पूर्वमन्त्री हृदयराम थानीले नेपालमा काँग्रेस बाहेक अन्य कसैले विकास गर्न नसक्ने दाबी गर्नुभयो ।