पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

शेयर कारोबारमा ३५ ले प्रतिशत कमी

काठमाडौं । शेयरको कारोबार हुने दोसो बजारमा कारोबार गर्ने लगानीकर्ताको व्यक्तिगत विवरण अद्यावधिक नगर्नेलाई सदस्य दलालहरुले कारोबार गर्न रोक लगाएसँगै मंगलबार शेयर बजार मापक सूचकसँगै कारोबार रकम समेत अघिल्लो दिनको तुलनामा ३५ प्रतिशत घटेको छ ।

मंगलबार दोस्रो बजारमा १४ करोड ९२ लाख रुपैयाँको कारोबार भयो । सोमबार ४२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो जुन आठ महिनापछिको न्युन कारोबार हो । १७ असोज २०७४ मा १४ करोड पाँच लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।

२०७४ साल बैशाख यताका १० न्युन कारोबारमा मंगलबारको कारोबार रकम दोस्रोमा परेको छ । २०७४ साल यता सबैभन्दा कम कारोबार १७ असोज २०७४ मा भएको थियो । त्यस दिन १४ करोड पाँच लाख रुपैयाँको कारोबार भएको थियो ।