पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

एकाधिकार अन्त्य गर्ने नीति आउँदै

काठमाडौं । सरकारले फलपूmल तथा तरकारी बिक्री वितरणमा देखिएको एकाधिकार अन्त्य गर्ने गरी आवश्यक नीति ल्याउने भएको छ ।

कालीमाटी तरकारी तथा फलपूmल विकास समितिबाट सञ्चालित तरकारी बिक्री केन्द्रमा समेत एकाधिकार रहेको जनगुनासो जनस्तरसम्म पुगेपछि कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालयले छिट्टै एकाधिकार अन्त्य गर्ने गरी आवश्यक तयारी अघि बढाएको जनाएको छ  । 

कृषि, भूमि व्यवस्थापन तथा सहकारीमन्त्री चक्रपाणि खनालले कालीमाटी तरकारी तथा फलपूmल विकास समितिको बजार सञ्चालन नियमावली संशोधन गरेर भएपनि तरकारी बिक्री वितरणमा देखिएको एकाधिकार अन्त्य गर्ने बताउनु भएको छ ।

तरकारी व्यवसायी महासंघका अध्यक्ष सोमप्रसाद घिमिरेले नियमावलीले दिएको अधिकार मात्र व्यापारीले प्रयोग गरेको बताउनुभयो । 

बजार विकास समितिको बजार सञ्चालन नियमावलीले एकाघरको एक पुस्ताको अन्त्य भएपनि सोही घरको अर्का पुस्ताले व्यवसाय सञ्चालन नगरेको हकमा मात्र अर्का पक्षले विक्री कक्ष भाडामा लिन पाउने प्रावधान छ ।