पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पूर्व राष्ट्रिय फुटबल खेलाडी शाहको दाहसंस्कार

काठमाडौं । निकै चर्चित पूर्व राष्ट्रिय फुटबल खेलाडि मणि शाहाको मंगलबार पशुपति आर्यघाटमा दाह संसकार गरिएको छ ।

आफ्नो खेल जीवनभरि नेपालको म्याराडोना भनेर नाम कमाएका शाहको पार्थिव शरीर मंगलबार बिहान ९ बजेदेखि ११ बजेसम्म दशरथ रङ्गशालामा श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिनुभएको थियो ।

यसैगरी, स्वर्गीय शाहप्रति पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वमन्त्री गगन थापा, एन्फा अध्यक्ष कर्मा छिरिङ्ग शेर्पा, फुटबल खेलाडी तथा खेल प्रेमीहरुले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।

कलेजोको संक्रमणका कारण सोमबार अपरान्ह शाहको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।