पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सुनसरी ११ उदयपुर गोल्डकप फुटबलको सेमिफाईनलमा

उदयपुर । सुनसरी ११ फुटबल क्लब उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।

उदयपुरको गाईघाटस्थित थरुहट रङ्गशालामा मंगलबार भएको खेलमा शुनसरी ११ ले नेपाल पुलिस क्लबलाई टाईब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको आयोजकका तर्फबाट प्रदिप श्रेष्ठले जानकारी दिनुभयो ।

निर्धारित समय ३–३ गोलको बराबरी भए पछि खेलमो निर्णय टाईब्रेकर मार्पmत गरिएको थियो ।

यस खेलको म्यान अफ दि म्याच घोषित भएका सुनसरी ११ का गोलकिप्पर दिनेस श्रेष्ठले ७ हजार रुपैँया पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको पहिलो सेमिफाईनल थ्री स्टार क्लब र झापा ११ फुटबल क्लबकाबिच बुधबार हुनेछ ।

यसैगरी दोस्रो सेमिफाईनल सुनसरी ११ र मनाङ्ग म््स्याङदी क्लबबीच बिहिबार हुनेछ ।