पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मिथिलाञ्चल सहित तराई मधेशका महिलाहरु वरसाईत पर्व मनाईदै

radionepal

अजय कुमार झा/रेडियो नेपाल
जनकपुरधाम । मिथिला सहित तँराई मधेशका जिल्लाहरुका सधवा महिलाहरुले मनाईने बरसाईत पर्व आज धुमधामका साथ मनाईदैछ । प्रत्येक वर्ष जेठ १ गते कृष्ण आंैसिका दिन यो पर्व मनाईने चलन रहेको छ । पतिको दीर्घायु, सुस्वास्थ्य तथा समृद्धिको कामना सहित यो पर्व मनाउने चलन रहेको छ । शुरुमा ब्राम्हण, कायस्थ, सोनार सहित औंलामा गन्ने जति मात्र मनाए पनि अहिले आएर प्रायः जात जातिका महिलाहरुले समान रुपमा श्रद्धा भक्तिपूर्वक वट–सावित्रिको पूँजा गरेर बरसाईत पर्व मनाउन थालेका छन् ।

दिन–रात निराहार बसेर वट तथा सावित्रिको पूँजा अर्चना गरेर कथा पनि सुन्ने चलन रहेको छ । यसमा नाग देवताको कथा वाचन गरेर सुन्ने गरिएको छ । वर र पीप्पल भएको बोर्टमुनि बसेर सिन्ुर, टिका, अक्षत, फूलहरु चढाएर केराउँ, चना, आँप, लिच्ची, केरा सहितको फलफूलहरु प्रसादको रुपमा अर्पण गरि कथा सुन्ने चलन रहेको छ । यसका साथै ब्रतिले वर तथा पिप्पलको वोर्टको चारै तीर घुमेर सातो पहेलो रङ्गको धागोलो बाँध्ने चलन रहेको छ । आफ्नो पतिको माया र स्नेह निरन्तर पाईराख्न सकौं भन्ने कामना सहित वोर्टमा धागो बाध्ने चलन रहेको छ । वर तथा पिप्लमा बाँधिएको धागो आफ्नो पतिको नाडीमा पनि बाध्ने चलन रहेको छ । यसका साथै ब्रति महिलाहरुले वर तथा पिप्लको रुखलाई पंखा डोलाएर शितलता पनि प्रदान गर्ने गरेका छन् ।  

यस दिन सधवा महिलाहरुले नयाँ साडी, चोलो लगाउनुको साथै शौभाग्य सूचक मानिएको गरगहना, रातो तथा हरियो चुरा, लहठी लगाउने चलन रहेको छ । सवै प्रकारको शौभाग्य सूचक गरगहना लगाएर पूँजा गर्ने वट सावित्रि पर्वको आफ्नै धार्मिक तथा सांस्कृतिक महत्व भएको पण्डित शोभाकान्त झाको रहेको छ । उनले खास गरेर पतिको दीर्घायुको कामनाका लागि पर्व मनाउने चलन रहेको छ । यो पूजा पछि पतिमाथि आई लाग्ने संकटहरु पनि टर्ने मान्यता रहेको छ ।  

पहाडी समुदायका महिलाहरुले मनाउने हरितालिका तीज जस्तै नै मिथिलाञ्चल सहित तँराई मधेशका महिलाले मनाउने बर्षाईत पर्व रहेको छ । यो पर्व मनाउने महिलाहरुको संख्या व्यापक मात्रामा बृद्धि भैरहेको छ । अहिले यो भेगका महिलाहरुको साँझा पर्वको रुपमा मान्यता पाउन थालेका छन् । पति प्रतिको स्नेह तथा प्रेम दर्शाउने पर्वको रुपमा नै वरसाईत रहेको संस्कृति विद् तथा बरिष्ठ साहित्यकार डा राजेन्द्र विमलको रहेको छ । जनकपुरधामको विभिन्न वर तथा पिप्लको वोर्टमा पूँजा गर्ने सधवा महिलाहरुको भिड विहान देखि नै देखिएको छ ।