पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेतृत्व परिवर्तन आवश्यकः नेता कोइराला

कुमोद अधिकारी, विराटनगर । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले विधान संशोधन गरेर भएपनि महाधिवेशन मार्फत् नेपाली काँग्रेसमा नेतृत्व परिवर्तन गर्नुपर्ने माग गर्नुभएको छ ।

नेपाल प्रेश युनियन मोरङले विराटनगर आज गरेको पत्रकार सम्मेलनमा उहाँले  नेतृत्व परिवर्तन नभएसम्म काँग्रेसले गति लिन नसक्ने वताउनुभयो । 

नेतृत्वकै कारण निर्वाचनमा पार्टीले हार भोग्नुपरेको बताउँदै कोइरालाले काँग्रेसलाई जोगाउन सही नेतृत्व आवश्यक रहेकोमा उल्लेख गर्नुभयो ।