पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सभामुख कप भलिबलको सेमिफाईनल समीकरण पुरा

रोल्पा । सभामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको सेमिफाईनल समीकरण पुरा भएको छ । 

रोल्पाको लिवाङमा सोमबार भएका महिलातर्फको क्वाटरफाईनलमा ए पी एफ क्लबले प्रदेश ६ लाई, नेपाल पुलिस क्लबले प्रदेश १ लाई र त्रिभुवन आर्मी क्लबले प्रदेश २ लाई तीन सोझो सेटमा पराजित गर्दै सेमिफाईनल प्रवेश गरेका थिए ।

महिलाहरुकै अर्को क्वाटरफाईनलमा प्रदेश ५ ले प्रदेश ३ लाई पनि तीन सोझो सेटमा हराउँदै सेमिफाईनल प्रवेश गरेको थियो ।

पुरुषतर्फको क्वाटरफाईनलमा पनि तीन विभागीय टोलीले सेमिफाईनलको यात्रा तय गरे ।

त्रिभुवन आर्मी क्लबले प्रदेश २ लाई, नेपाल पुलिस क्लबले प्रदेश ६ लाई र ए पी एफ क्लबले प्रदेश ५ लाई तीन सोझो सेटमा पराजित गरेका थिए ।

यसैगरी, अर्को क्वाटरफाईनलमा प्रदेश ४ ले प्रदेश १ लाई पनि तीन सोझो सेटमा पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेको थियो ।