पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘हिमालयन ट्राभल मार्ट–२०१८’ आयोजना हुने

काठमाडौं । नेपाललाई हिमालय क्षेत्रको प्रवेश मार्गका रूपमा स्थापित गराई साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दोस्रो ‘हिमालयन ट्राभल मार्ट–२०१८’ आयोजना हुने भएको छ ।

हिमाली क्षेत्रको पर्यटकीय सम्भावनालाई उजागर गर्दै विश्व बजारमा प्रर्वद्धनार्थ आगामी जेठ १८ देखि २० गतेसम्म काठमाडौँमा ट्राभल मार्ट हुने लागेको सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

नेपाल पर्यटन बोर्डको आयोजनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल वायु सेवा निगमको साझेदारीमा नेपाल पर्यटन बोर्ड मुख्य आयोजक रहेको मार्टमा ५६ वटा बायर्सको सहभागिता रहनेछ । 

१५० अन्तराष्ट्रिय सहभागिता रहने र नेपालका व्यवसायीको समेत उल्लेख्य मात्रामा सहभागिता रहने पत्रकार सम्मेलनमा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिनुभयो ।

नेपाललाई हिमालय क्षेत्रको मुख्य प्रवेश मार्गका रूपमा स्थापित गराउनाका साथै विश्वचर्चित ब्लगर्स, बायर्स र मिडियालाई जमघट गराई नेपाल प्रर्वद्धन गर्नु मार्टको मुख्य उद्देश्य राखिएको छ ।