पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

समाजवाद उन्मुख बजेट ल्याउने तयारीः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले संविधानको मर्मअनुसार समाजवाद उन्मुख बजेट ल्याउने तयारी गरेको बताउनुभएको छ ।

राष्ट्रियसभाको सोमबारको बैठकमा आर्थिक वर्ष २०७५–७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा सदस्यहरूले उठाएको जिज्ञासामा जवाफ दिँदै अर्थमन्त्री खतिवडाले नागरिकका मौलिक हकका साथै निजी क्षेत्रको व्यवसायको अधिकारको सीमामा रहेर बजेट आउने जानकारी दिनुभयो ।

मन्त्री खतिवडाले रकमका लागि केन्द्रमा हेर्ने र अधिकारमात्र आफू लिन खोज्ने प्रवृत्ति प्रदेश र स्थानीय सरकारले लिन नहुने भन्दै बजेटले त्यसलाई संयोजनको पहल गर्ने विश्वास व्यक्त गर्नुभयो । 

बैठकमा परशुराम मेघी गुरुङ, सुरेन्द्रराज पाण्डे, रामलखन चमार, नैनकला थापा, सरिता प्रसाईं, खेमराज नेपाली, प्रमिला गुरुङ, दुर्गाप्रसाद उपाध्याय, ठगेन्द्रप्रसाद पुरी, महेशकुमार महरा र भैरवबहादुर श्रेष्ठले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे सुझाव दिनुभएको थियो ।