पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

भीडन्तमा परी म्यानमारमा १९ को मृत्यु

काठमाडौं । म्यानमारमा सरकारी सेना र विद्रोही पक्षका बीचमा भएको झडपमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ ।

चिनियाँ सिमाना नजिक पर्ने म्यानमारको उत्तरी सान राज्यमा शनिबार स्थानीय आदीवासीहरूको विद्रोही समूहसँग सरकारी सेनाको भीडन्त भएको अधिकारीहरूले जानकारी दिएका छन् । 

लामो समयदेखि विद्रोह गरिरहेको ताङ नेशनल लिवरेशन आर्मी (टीएनएलए) सँग सरकारी सेनाको शनिबार बिहान पाँच बजेदेखि भीडन्त शुरु भएको थियोे ।