पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रदेश नम्बर ५ र १ क्वाटर फाइनलमा प्रवेश

रोल्पा । सभामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रदेश ५ र प्रदेश १ क्वाटर फाईनलमा प्रबेश गरेका छन् । 

रोल्पाको लिवाङमा शनिबार भएको महिला तर्फको उद्घाटन खेलमा प्रदेश ५ ले प्रदेश १ लाई तिन सोझो सेटमा हराउदै समूह “ख” बाट बिजेताको हैसियतमा क्वाटर फाईनलमा स्थान सुरक्षित गरेको थियो । 

समूह “ख”मा दुई टिम मात्र भएकाले पराजित भए पनि प्रदेश १ ले क्वाटर फाईनलमा प्रवेश पाएको थियो । 

महिलाकै अन्य खेलमा विभागीय टिम पुलिस र एपीएफ ले पनि विजयी शुरुवात गरेका छन् । 

पुलिसले प्रदेश ७ लाई र एपीएफले प्रदेश ४ लाई तिन सोझो सेटमा पराजित गरे ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा सञ्चालन भएको प्रतियोगिताको पुरुषतर्फ प्रदेश १ र प्रदेश ६ क्वाटर फाईनलमा प्रवेश गरेका छन् । 

प्रदेश १ ले प्रदेश ६ लाई पनि तिन सोझो सेटमा हराउदै समूह “ख”को विजेताको रुपमा अन्तिम आठमा स्थान सुरक्षित गर्यो ।  

प्रदेश ६ पराजित भएपनि उपविजेताको रुपमा क्वाटर फाईनलमा प्रवेश गर्ने अवसर प्राप्त गर्यो । 

पुरुषकै अन्य खेलमा आर्मी र पुलिसले विजयी शुरुवात गरेका छन् । 

आर्मीले प्रदेश ३ लाई र पुलिसले प्रदेश ७ लाई तिन सोझो सेट मै पराजित गरे ।

प्रतियोगिताको उद्घाटन सभामुख कृष्णबहादुर महराले गर्नु भएको थियो ।