पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

रामायण सर्किटको उदघाटन , रंगभुमी मैदानमा नागरिक अभिनन्दन

संजय विश्वकर्मा/रेडियो नेपाल 
जनकपुर । केहिवेर आडाडी दुई दिनका लागी नेपाल आईपुगेको  भारतीय  प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री  केपि शर्मा ओली संयुक्त रुपमा  जनकपुर र अयोध्या  जोडने रामायण सर्किटको उदघाटन गर्नुभएकोछ । माता सिताको पवित्र जन्मभुमी जनकपुर धार्मीक आस्थाको केन्द्रविन्दु रहेकोले अयोध्या र जनकपुर जोडने वस सेवाले पर्यटक क्षेत्रमा ठुलो टेवा पुग्ने दुवै देशका प्रधानमन्त्रिहरुले विश्वास ब्यक्त गरेका छन । 
नेपाल र भारतको बिचमा भाईचारको सम्बन्ध रहेकोले प्रधानमन्त्री  ओली लाई भारतका प्रधानमन्त्री मोदीले  भाईसाप   सम्बोधन गरेका थिए ।  रामायण सर्किटले  करोडौ यात्रुहरुका लागी  सहज हुने भन्दै हरियो भण्डा लिएर दुवै देशका प्रधानमन्त्री उदघाटन गरेका थिए ।   एकादशिको पावन अवसरमा नेपाल  आएकोमा प्रधान्मत्री मोदीले  खुसि ब्यक्त गरेका छन  ।  
नेपालका प्रधानमन्त्री काठमाण्डौवाट जनकपुर आएर स्वागत गरेकोमा  भारतका प्रधानमन्त्री मोदीले  केन्द्रीय  सरकार ,  राज्य सरकार  र स्थानिय सरकारलाई धन्यवाद दिएकोछ   । नेपाली सेना , नेपाल प्रहरी , शसत्र प्रहरी गरी करीब ६ हजार सुरक्षा कर्मीहरु परिचालन गरीएकोछ । मेदी आजै काठमाण्डौ जाने स्रोतबाट बुझिएकोछ ।  बाह्रबिग्हाको रंगभुमी मैदानमा नागरिक अभिनन्दनको  औपचारीक कार्यक्रम सुरु भएकोछ ।