पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

राप्रपा प्रजातान्त्रिकको कार्यसमिति बैठक सम्पन्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक केन्द्रिय कार्यसमितिको बैठक आज सम्पन्न भएको छ ।

३ दिन सम्म काठमाडौमा चलेको बैठकले निर्वाचनमा पार्टीले व्यहोर्नु परेको हारको विश्लेषण गरी विगतको कमि कमजोरी निराकरण गरी अघि बढने निर्णय गरेको छ ।

बैठकपछि आयोजित पत्रकार सममेलनमा पार्टी अध्यक्ष पशुपति शमसेर राणाले संवद्र्धनवादी  पार्टीको रुपमा क्रियाशील रहँदै उदारवादलाई  आफनो राजनैतिक दर्शनको रुपमा अपनाउने बैठकले निर्णय गरेको जानकारी दिनुभयो ।

बैठकले नेपालको राष्ट्रियता, धर्म, संस्कृति, परम्परागत संस्थाहरुको संरक्षण र संवद्र्धन गर्दै मुलुकको अग्रगामी समावेशी समानुपातिक विकासको लागि समान विचार राख्ने अन्य पार्टीसँग एकताको लागि छलफल भईरहेको जानकारी अध्यक्ष राणाले  दिनुभयो ।