पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

खेल क्षेत्रको विकासका लागि सबैले हातेमालो गरेर अघिबढ्नु पर्ने राष्ट्रिय सभाका सदस्य कुवरको जोड

radionepal

अछाम, २७ बैशाख २०७५ । राष्ट्रिय सभाका सदस्य शेर बहादुर कुवरले खेल क्षेत्रको विकासका लागि सबैले हातेमालो गरेर अघिबढ्नु पर्ने बताउनु भएको छ । देशमा ३ तहको सरकार गठन भईसकेको भन्दै सबै तहले खेल क्षेत्रको विकासका लागि बजेट बिनियोजनमा कुनै कञ्जुसाई गर्न नहुने बताउदै सकारात्मक सोचका साथ जुटेमा खेल क्षेत्रको विकासले गतिलिने बताउनु भयो । 

अछामको वलीगाउमा वुधवारबाट सुरू भएको जिल्ला स्तरिय मेयरकप क्रिकेट प्रतियोगिताको उदघाटन कार्यक्रममा बोल्नुहुदै राष्ट्रिय सभाका सदस्य कुवरले खेल क्षेत्रको विकास भए मात्रै देश र राष्ट्रको गरिमा बढ्ने भन्दै खेलाडीले मेहनतका साथ अघि बढ्नु पर्ने बताउनुभयो । 

एमाले अछामका अध्यक्ष समेत रहनु भएका कुवरले खेल मैदान निर्माणकाका लागि वलिगाउलाई पहिलो प्राथमिकता राख्ने समेत प्रतिबद्धता जनाउनु भएको छ । उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सभाका सदस्य बल बहादुर सोडारीले आफुले जिल्लाका खेल क्षेत्रको समस्या राम्रो संग बुझेको भन्दै खेल क्षेत्रको विकासका लागि प्रदेश सरकारलाई अनुरोध गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

भवानी प्रसाद भण्डारी