पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रत्येक पटक गर्भ जचाउँनेलाई अण्डा वितरण शुरु

स्याङ्जा । गर्भवती महिलाको पोषणमा मदत पुर्याउन स्याङ्जाको भिरकोट नगरपालिकाले स्वास्थ्य संस्थामा गएर जाँच गराउने महिलालाई अण्डा वितरण थालेको छ । 

सामान्यतयाः तीन महिनाको अवधिदेखि सुत्केरी नहुँदासम्मको अवधिका लागि दैनिक एउटाको दरले अण्डाको क्रेट वितरण गर्ने गरेको भिरकोट नगरपालिकाका प्रमुख छायाराम खनालले बताउनुभयो । 
 
गर्भवती महिला नियमित स्वास्थ्य संस्थामा गएर गर्भ परीक्षण गराउने बानीको विकास गराउने तथा  पौष्टिक आहाराको कमी हुनबाट बचाइ आमा र बच्चाको स्वास्थ्यमा विशेष ध्यान दिने उद्धेश्यले यो अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।