पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नार्कद्वारा  मोबाईल एप्लिकेसन सञ्चालन

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् नार्कले कृषि क्षेत्रको विकास र  कृषि प्रविधि प्रशारणका लागि किसान टोल फ्रि नं ११३५, नार्क मोबाईल एप्लिकेसन नार्क के.एम.एस र नार्क नेपाल युुट्युब जस्ता सुचनामुलक सेवाहरु सञ्चालनमा ल्याएको छ । 

कृषि अनुसन्धान परिषद्मा आज आयोजित पत्रकार सम्मेलनमा नार्कका कार्यकारी निर्देशक वैद्यनाथ महतोले मुलुकलाई खाद्यान्न उत्पादनमा आत्मनिर्भर बनाउन नार्कले कृषि विकास कार्यक्रम, भूगोल सुहाँउदो कृषि यान्त्रिकीकरण, माटोको उर्वराशक्ति स्तरोन्नतिका लागि एकीकृत खाद्यतत्व व्यवस्थापन जस्ता कार्यक्रमहरुलाई विशेष जोडका साथ अगाडी बढाईएको बताउनुुभयो ।