पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रधानमन्त्रीद्वारा ‘संसददेखि संविधानसभासम्म’ को लोकार्पण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व उपप्रधानमन्त्री एवं एमाले नेता भरतमोहन नेता अधिकारीको ‘संसददेखि संविधानसभासम्म’ पुस्तकको आज लोकापर्ण गर्नुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा पुस्तकको लोकापर्ण गर्नुहुँदै प्रधानमन्त्री ओलीले संसददेखि संविधानसम्मका घटनाक्रमलाई जीवन्त बनाउने काम पुस्तकले गरेको बताउनुभयो । 

कार्यक्रममा पूर्व प्रधानमन्त्री माद्यव कुमार नेपालले पुस्तकले घटनाक्रममको वर्णन तथा पार्टीबीच एकताका सन्दर्भहरु जोड्ने काम गरेकाले पुस्तक महत्वपूर्ण भएको बताउनुभयो । 

पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले नेपालको राजनीतिक परिवर्तनमा पुस्तकका लेखक भरत मोहन अधिकारीको योगदान अविस्मरणीय रहेको भन्दै पुस्तक प्रेरणादायक भएको बताउनुभयो । 

मन्त्रीपरिषदका पूर्व अध्यक्ष खिलाराज रेग्मीले पुस्तकलाई एक ऐतिहासिक दस्तावेजका रुपमा लिन सकिने बताउनुभयो ।

कार्यक्रममा पुस्तकका लेखक एवं एमाले नेता भरतमोहन अधिकारीले २०७२ सालमा संविधान जारी हुँदासम्मका घटनाक्रमलाई आफुले महत्वका साथ पुस्तकका समावेश गरेको बताउनुभयो ।