पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कृत्रिम पानीपोखरी निर्माण शुरु

नवीन गिरी, नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जमा पानीका स्रोत सुकेपछि निकुञ्ज प्रशासनले कृत्रिम पोखरी निर्माण शुरु गरेको छ । 

निकुञ्जमा रहेका साना ठूला गरी २० वटा जलाशयमा गर्मीले पानीको सतह घटेपछि निकुञ्जले यो वर्ष ३ वटा कृत्रिम पानीपोखरी निर्माण गरेको र २ वटा स्थान छनौट गरी तत्काल निर्माण गर्ने योजना रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत रबिन चौधरीले बताउनुभयो । 

निकुञ्जभित्र पानीको समस्या देखिन थालेपछि कृत्रिम पोखरी बनाई बन्यजन्तुलाई पानी व्यवस्थापन गरिएको चौधरीले जानकारी दिनुभयो ।