पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पेस्तोल र गोलीसहित २ जना पक्राउ

नेपालगञ्ज । बाँकेको जानकी गाउपालिकाबाट कटुवा पेस्तोल र ३ राउण्ड गोली सहित २ जना पक्राउ परेका छन् । 

संघीय प्रहरी इकाई कार्यालय नेपालगन्जबाट खटिएको विशेष प्रहरी टोलीले गएराती जानकी गाउपालिका ६ बाट पेस्तोल र गोलीसहित २ जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सोही ठाउका ३६ वर्षीय प्रमोद कुमार चमार र ३३ वर्षीय शोभाराम यादव रहेको संघीय प्रहरी इकाई कार्यालय नेपालगन्जका प्रहरी नायब उपरिक्षक प्रमोद कुमार सिंहले जानकारी दिन’भयो ।