पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

२ नम्बर प्रदेशको नीति तथा कार्यक्रम पारित

जनकपुरधाम । प्रदेश नंं २ को सरकारले चालु आर्थिक वर्षको बाँकी अवधिका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रदेश सभाको आजको वैठकले बहुमतले पारित गरेको छ ।

प्रदेश सभामा उपस्थित रहेका नेपाली काँग्रेस बाहेक सवै दलले प्रस्तुत नीति तथा कार्यक्रममा सहमति जनाएपछि बहुमतले पारित गरेको छ ।

प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सभाको वैठकमा सरकारको नीति तथा कार्यक्रममा आएको सुझावहरु समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्दै पारितका लागि आग्रह गर्नु भएपछि सभामुख सरोज कुमार यादवले वैठकमा निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित भएको थियो ।