पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रदेश नम्बर ५ को विनियोजन विधेयक पारित

रुपन्देही । प्रदेश नं ५ को सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक २०७४ आज प्रदेशसभामा पारित भएको छ । 

प्रदेशसभा नियमावली, बमोजिम प्रदेश नं ५ प्रदेश सरकारको आर्थिक वर्ष २०७४–०७५ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा निर्णयार्थ पेश हुँदा सर्वसम्मतिले पारित गरेको हो । 

प्रदेशसभामा गत चैत ३० गते सरकारले प्रस्तुत गरेको रु एक अर्ब दुई करोड पाँच लाखको बजेटमाथि आज छलफल भयो ।