पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मन्त्री यादवद्वारा आपूर्ति व्यवस्थापनका विषयमा छलफल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आपूर्ति व्यवस्थापन चुस्त बनाउन र उद्योग क्षेत्रको सुरक्षा एवं लगानीमैत्री वातावरण बनाउने विषयमा गृह र रक्षा मन्त्रालयसँग छलफल गर्नुभएको छ । 

मन्त्री यादवको संयोजकत्वमा आज उद्योग मन्त्रालयमा बसेको बैठकमा औषधि, पेट्रोलियम पदार्थ लगायत दैनिक जीवनका अत्यन्त महत्वपूर्ण सामग्रीको आपूर्ति तथा व्यवस्थापनलाई व्यवस्थित र उपभोक्ता मैत्री बनाउने विषयमा छलफल भएको थियो ।

बैठकमा गृहमन्त्री रामबहादुर थापा, रक्षा सचिव विष्णुप्रसाद लम्साल, मन्त्रालयका सचिवहरु चद्रकुमार घिमिरे र यमकुमारी खतिवडा, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालसहित उच्च अधिकारीको सहभागिता रहेको थियो ।