पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सुरक्षित मातृत्व अभियान वर्ष घोषणा

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले २०७५ साल र आगामी वर्षलाई सुरक्षित मातृत्व विशेष अभियान वर्षका रुपमा मनाउने भएको छ । 

स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले पाँचौँ सुरक्षित मातृत्व दिवस २०७५ को अवसरमा अभियान शुरु भएको घोषणा गर्नुभएको हो । 

महाराजगञ्ज शिक्षण अस्पतालमा आयोजित कार्यक्रममा उहाँले यो वर्ष र आगामी वर्षका लागि सुरक्षित मातृत्व विशेष अभियानका साथ देशभर चार चरणमा अघि बढाउने नीति तथा कार्यक्रम अघि सारेको बताउनुभयो । 

सो अभियानअन्तर्गत पहिलो चरणमा वैशाखदेखि असारसम्म देशभरका सबै अस्पतालबाट पाठेघरको मुख, स्तन क्यान्सर परीक्षण गरिनेछ । फिस्टुल र क्यान्सर भए नभएको निःशुल्क परीक्षण गरिने छ । 

साउनदेखि असोजसम्म सबै स्थानीय तहमा सुरक्षित मातृत्व कोषको स्थापना गर्ने लक्ष्य लिइएको राज्यमन्त्री अर्यालले बताउनुभयो । 

सो अवसरमा स्वास्थ्य राज्यमन्त्री अर्यालले शिक्षण अस्पतालमा महराजगञ्जमा सुत्केरी भएका पाँचजनालाई सम्मान गर्नुभयो । 

अस्पतालमा उपचाररत सुत्केरी आमा अनित श्रेष्ठ, कौशिला दनुवार, विमला थापा, कल्पना न्यौपाने र जानकी पौडेललाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।