पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सूचनाको हक प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा सभामुखको जोड

काठमाडौं । सभामुख कृष्ण बहादुर महराले सरकारलाई पारदर्शी बनाइ जनताप्रति जवाफदेही बनाउन सूचनाको हक प्रभावकारी रुपमा कार्यानयन गर्नु पर्नेमा जोड दिनु भएको छ ।

राष्ट्रिय सूचना आयोगले आज आयोजना गरेको सूचनाको हकको प्रभावकारी प्रचलनका लागि आयोजित राष्ट्रिय सम्मेलनमा सभामुख महराले राज्यको गतिविधिका बारेमा जनतालाई जति सू–सुचित गराउछौ त्यती नै शर्वशक्तिमान बनाउन सकिने भएकाले सूचना दिने र लिने परम्पराको विकास गर्नुपर्ने बताउनु भयो । 

सञ्चार तथा सुचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले सूचना हक स्थापित नहुँदा राज्यलाई घाटा हुने भएकाले नागरिकको सूचना पाउने मौलिक हकको सम्मान गर्दै सूचना प्रवाह गर्नु पर्नेमा जोड दिनु भयो । 

प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हक सम्बन्धी ऐन र नियमावली संसोधन गर्नुपर्ने आवश्यकता रहेको जानकारी दिदै आयोगलाई संवैधानिक अंगका रुपमा परिमार्जन गर्नुपर्ने बताउनु भयो । 

सूचना आयुक्त यशोदा तिम्सिना र किरण कुमार पोखरेलले सूचनाको हक लागु भए पनि स्थानीय स्तर सम्म पुग्न नसकेकोले प्रदेश स्तरमा आयोगको संरचना बनाउन सरकार सँग आग्रह गर्नु भयो ।