पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अधिनायकवाद शुरु भइसक्योः सभापति देउवा 

चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद शुरु गरिसकेको आरोप लगाउनुभएको छ । 

भरतपुर विमानस्थलमा आज पत्रकारहरूसँग कुरा गर्दै उहाँले सरकारले एकलौटी गर्न खोजेजस्तो देखिएको, देशमा मनोमानी बढेको र सरकारले अधिनायकवाद शुरु गरेको बताउनुभयो । 

उहाँले प्रजातन्त्रको मूल्य मान्यताअनुसार जनताको अधिकारका लागि काँग्रेस लडिरहने बताउनुभयो । 

आजै, मकवानपुरमा नेपाल तरुण दल ३ नम्बर प्रदेशको अगुवा कार्यकर्ता प्रशिक्षणमा सभापति देउवाले काँग्रेसलाई ठूलो पार्टी बनाएर मात्रै आफलेू विश्राम लिने बताउनुभयो ।

कम्युनिष्ट पार्टी एक भएर चुनाव लडेको प्रतिकुल अवस्थामा पनि संविधान कार्यान्वयनलाई प्रमुख मानेर आफूले चुनाव गराएको बताउदैं सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद कुरामा मात्र सीमित रहेको बताउनुभयो ।