नेमारले टोलीको नेतृत्व गर्ने पेलेको विश्वास
काठमाडौं । प्रसिद्ध ब्राजिली फुटबल खेलाडी पेलेले आगामी विश्वकपमा आफ्नो टोलीको नेतृत्व गर्न नेमार फर्किनेमा आफू विश्वस्त रहेको बताएका छन् । घाइते भएका नेमार हाल शल्यक्रियापछि स्वास्थ्य लाभ गरिरहेका छन् ।
विश्वकै सबैभन्दा महंगा फुटबलर नेइमारको फेब्रुअरी २५ मा मार्सेलीको विरुद्ध खेलमा खुट्टा भाँचिएको थियो । १४ जुनबाट रुसमा सुरु हुने विश्वकपमा नेमार खेल्न नसके ब्राजिललाई ठूलो धक्का लाग्नेछ ।
पछिल्लो समय पेले स्वास्थ्य समस्यासँग जुधिरहेका छन् ।