पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

इ पी एल को उपाधि सिटीले जित्यो

काठमाडौं । इंग्लिस प्रिमियर लिगको उपाधि म्यान्चेष्टर सिटीले जितेको छ ।

खेलमा म्यान्चेष्टर युनाइटेड प्रिमियर लिग तालिकाको पुछारमा रहेको वेष्टब्रमसँग अप्रत्यासित पराजित भएपछि म्यान्चेष्टर सिटीले पाँच खेल अगावै उपाधि कब्जा गरेको हो ।

प्रिमियर लिगमा युनाइटेडले पाँच खेल खेल्न बाँकी रहँदा १६ अंकले पछि छ । ३३ खेलमा दुईवटामा मात्र पराजय भोगेको सिटीले ९३ गोल गरेको छ भने २५ गोलमात्र खाएको छ ।

सिटीको सातौं सिजनमा यो तेस्रो प्रिमियर लिग उपाधि हो । प्रशिक्षक पेप ग्वार्डिओलाको भने यो २४ औं उपाधि हो ।