पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

रोजगारी सिर्जना गर्न सहयोगको अपेक्षाः उद्योगमन्त्री

काठमाडौं । उद्योगमन्त्री मातृकाप्रसाद यादवले चुलिएको व्यापार घाटा कम गर्न उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने कार्यक्रम तर्फ मित्रराष्ट्रको सहयोगको अपेक्षा गरिएको बताउनु भएको छ । 

नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडसंग सोमबार उद्योग मन्त्रालयमा भएको भेटमा मन्त्री यादवले सरकारले लगानीकर्तालाई प्रोत्साहित गर्ने नीति लिएकोले नेपालमा लगानी गर्न चाहनेका लागि खुला दिलले सहयोग गर्ने बताउनुभयो ।

भेटवार्तामा राजदूत पिटरले अष्ट्रेलिया सरकारको सहयोगमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)ले सञ्चालन गर्दै आएको लघु उद्यम विकास कार्यक्रम (मेडेप) यसै वर्षको जुलाईदेखि सम्पन्न हुन लागेको जानकारी दिनुभयो ।

युएनडिपीले सञ्चालन गरेको कार्यक्रमको लागत घटाएर थप प्रभावकारी बनाउनका लागि अष्ट्रेलिया सरकारले सिधै नेपाल सरकारसँग सहकार्य गर्न चाहेको राजदूत पिटरले बताउनुभयो ।