पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सभामुख महरा र संयुक्त राष्ट्रसंघका सहायक महासचिवबीच भेटवार्ता

radionepal

काठमाण्डौ ।सभामुख कृष्णबहादुर महरा र संयुक्त राष्ट्रसंघको राजनीतिक मामिला विभागका सहायक महासचिव मिरोस्ल्याभ जेन्काबीच नेपालको दिगो विकास लक्ष्यका लागि भएका प्रयास र संयुक्त राष्ट्रसंघले निर्वाह गर्दै आएको भूमिकाका विषयमा छलफल भएको छ ।

सभामुख महरा र सहायक महासचिव मिरोस्ल्याभ जेन्काबीच आज संसद सचिवालय सिंहदरबारमा भएको भेटमा सभामुख महराले नेपालमा संघीयता कार्यान्वयनको अभ्यास शुरु भएको र संविधान कार्यान्वयनका लागि ऐन, कानूनहरु निर्माण गर्नु अहिलेको प्रमुख प्राथमिकता रहेको बताउनुभयो ।उहाँले शान्ति प्रक्रियाका धेरै कामहरु सम्पन्न भएकाले अब मुलुक आर्थिक समृद्धि र विकासतर्फ केन्द्रित हुने उल्लेख गर्नुभयो ।

सभामुख महराले तीन चरणका निर्वाचनमार्फत् स्थानीय, प्रदेश र संघमा नयाँ सरकार निर्माण भइसकेकोले अवको ५ वर्षभित्र जनताको जीवनस्तर बदल्ने गरी सरकार विकास र समृद्धितर्फ केन्द्रित रहेको बताउनुभयो ।भेटमा सहायक महासचिव जेन्काले नेपालको दिगो शान्ति र विकासका लागि सहयोग गर्न राष्ट्रसंघ सधै तयार रहेको बताउनुभयो । 
अच्युत अर्याल / रेडियो नेपाल