पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अछामको बुढीगंगा नदिमा औपचारिक रुपमा रयाफ्टिंग सुरु

radionepal

अछाम, ३ बैशाख २०७५ । अछामको बुढीगंगा नदिमा औपचारिक रुपमा रयाफ्टिंग सुरु भएको छ । मष्टो आउटडोर कम्पनी काठमाण्डौले साँफे देखी धार्मीक पर्यटकिय स्थल चित्रेको जिमराडी सम्म बुढीगंगा नदीमा र्यापmटिङ सुरु गरेको हो ।उक्त कम्पनीकै आयोजनामा एक वर्ष अघि बुढीगंगा नदीको साफेदेखी चित्रे सम्म रयाफ्टिंग जलयात्राको सम्भाब्यता अध्यन गरिए पश्चात परिक्षण सफल भएको हुदा नया वर्षको अवसर पारि बिधिवत रुपमा जलयात्रा सुरु गरिएको कम्पनीका अध्यक्ष रमेश कुवरले बताउनुभयो । 

देशैभरी बिभिन्न नदीहरुमा र्यापmटिङ सेवा सञ्चालन गरेको कम्पनीले नेपालका चार धाम मध्येको एक बैद्यनाथ धाम र प्रसिद्ध धार्मीक पर्यटकिय स्थल जिमराडी क्षेत्रलाई मध्यनजर गर्दै बुढीगंगामा रयाफ्टिंग सञ्चालन गरेको बताईएको छ । साँफेदेखी चित्रे सम्मको करिब १३ किलोमिटर क्षेत्रमा जलयात्रा गराएवाफत एक जनालाइ खानाको ब्यावस्था सहित पन्ध्र सय लिईने र समूहगत भएमा बिशेष छुट प्रदान गरिने मष्टो आउटडोर कम्पनीले जनाएको छ । 

अछामको बुढीगंगा र कैलाशमा सजिलै रुपमा रयाफ्टिंग गराउन सकिने र आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गर्न सकिने समेत कम्पनीका अध्यक्ष कुवरले बताउनुभयो । बैद्यनाथ धाम र जिमराडीलाई धार्मीक पर्यटनका रुपमा अघि बढाउनका लागि पनी बुढीगंगा नदीमा सञ्चालन हुने रयाफ्टिंग सेवाले निकै सघाउ पुर्याउने देखिएको छ ।अब नियमित रुपमा साँफेबगर देखी जिमराडी चित्रेसम्म रयाफ्टिंग  सञ्चालन गरिने र होटेल ब्यावसायि तथा स्थानीयको माग अनुसार प्राविधिक र सामग्रीहरु समेत थप गरिने मष्टो आउटडोर कम्पनीले जनाएको छ ।

भवानी प्रसाद भण्डारी