पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सिरिया हवाई आक्रमण निर्दिष्ट लक्ष्यमाः पेन्टागन

संयुक्त राज्य अमेरिका, २ वैशाख २०७५ । अमेरिकी रक्षा मन्त्रालयले सिरियामा अमेरिका, बेलायत, फ्रान्सले सिरियाली प्रशासन विरुद्ध गरेका सम्पूर्ण आक्रमण लक्षित स्थानमा गर्न सफलता मिलेको दावी गरेको छ । 

रूसले दर्जनौँ क्षेप्यास्त्रलाई बीचमा अबरोध गरेको तर हवाई आक्रमणका निशाना सही रहेका निष्कर्ष पेन्टागनको रहेको रक्षा मन्त्रालयका प्रवक्ता डाना ह्वाइटले बताउनुभयो । 

“हामी सिरियामा युद्ध चाहन्नौ तर आफ्नै नागरिकविरुद्ध लक्षित गरी बसर अल असद प्रशासनले गरेको रासायनिक हतियार आक्रमणबाट भएको अन्तर्राष्ट्रिय कानून उल्लङ्घनको घटनालाई वेवास्ता गरिरहन पनि सक्दैनौ,” ह्वाइटले पेन्टागनमा सञ्चारकर्मीसँगको कुराकानीमा भन्नुभयो । हवाई आक्रमणको निशाना सही रहेको र हमलाको औचित्य कानूनतः पुष्टि भएको छ, उहाँले थप्नुभयो । 

सञ्चारकर्मीसँगको छोटो प्रतिक्रियामा लेफ्टिनेन्ट जनरल केनेथ म्याककेन्जीले सिरियाली प्रशासनको रासायनिक हतियार संरचनाका लागि प्रयोग हुँदै आएका तीनस्थानमा हमला गरिएको र निशाना सही पुष्टि भएको बताउनुभयो । 

कारबाही एकदम ठीक, मजबुत र प्रभावकारी रहे, म्याककेन्जीले बताउनुभयो । अमेरिकी नेतृत्वमा भएको पछिल्लो संयुक्त कारबाहीले ‘सिरियाको रासायनिक हतियार कार्यक्रम’ बर्षौ पछि धकेलिने छ, उहाँले थप्नुभयो ।