पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

दुई पार्टीको एकता कसैले रोक्न सक्दैनः नेता खनाल

कुमोद अधिकारी, विराटनगर । एमाले वरिष्ठ नेता झलनाथ खनालले समानताको आधारमा हुने एमाले र माओबादी बीचको पार्टी एकतालाई कसैले रोक्न नसक्ने बताउनुभएको छ । 

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेता खनालले पार्टी एकीकरणका लागि तयार भएका राजनैतिक प्रतिवेदन र संगठनसम्बधी अन्तरिम विधानमा केही समस्या भएको खण्डमा बसेर टुङग्याउन सकिने बताउनुभयो ।