पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

ओपेन्द्र बस्नेत, दाङ । दाङमा शनिबार भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ ।  राप्ती गाँउपालीका ४ श्रीनारायण चौकमा जिपको ठक्करबाट राप्ती गाउँपालिका ४ बस्ने सुदन नेपालीको मृत्यु भएको छ । 

उनलाई थप उपचारका लागि लमही अस्पतालमा लैजादा गर्दा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिनुभयो । 

यस्तै, खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ ।  घर नजिकै खेल्ने क्रममा राजपुर ६ गम्दी खोलामा डुबेर ५ वर्षकी नैना भण्डारीको ज्यान गएको प्रहरीले जनाएको छ ।

यसैगरी, पानी बोक्ने ट्याङ्करको ठक्करबाट घोराहीमा एक जनाको ज्यान गएको छ । घोराहीको बस पार्कमा लु २ त ९३१२ नम्बरको ट्याङ्करले रा २ प ४४९२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटी चालक घोराही १६ निवासि २६ वर्षीय प्रेम रोकाको मृत्यु भएको हो ।