पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेप्से १२७७.५५ अंकमा पुग्यो

काठमाडौं । यो साता नेपाली शेयर बजारको परिसूचक नेप्से साताको पहिलो दिनको तुलनामा १७.१ अंकले घटेर अन्तिम दिन १२७७.५५ अंकमा पुगेको छ । परिसूूचकका अतिरिक्त बजारको कारोबार रकम पनि गत साताको भन्दा ७३.९३ प्रतिशतले घटेको छ ।

यो साता नेपाल स्टक एक्सचेन्जमा १८३ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३६ हजार ७०५ कारोबारहरु बाट २ अर्ब ९५ करोड २९ लाख ८९ हजार रुपैयाँ बराबरका ८१ लाख ९८ हजार ९ सय कित्ता सेयरहरु किनबेच भएका छन् । यसै गरी यो साता समूहगत परिसूचक तर्फ अन्य समह बाहेकका अन्य सबै समूहको कारोबार घटेको छ ।

यो साता कारोबार रकम र कारोबार भएको सेयर संख्याको आधारमा बैंक अफ काठमान्डू लिमिटेड र कारोबार संख्याको आधारमा प्रिमियर इन्स्योरेन्स लिमिटेड अग्रस्थानमा रहेको छ ।