पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

जंगली हात्तीको आक्रमणबाट पुजारीको मृत्यु

वीरगञ्ज । हात्तीको आक्रमणबाट आज पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेको दुधेश्वरनाथ महादेव मन्दिरका पुजारीको मृत्यु भएको छ । 

मन्दिर नजिकैको खोलामा  नुहाउन गएको बेला आज बिहान हात्तीले आक्रमण गर्दा पुजारी ३१ वर्षीय कमलेश सहनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । सहनी विगत ४ वर्षदेखि मन्दिरमा मौन व्रत बस्दै आएका थिए ।

सहनीको शव पोष्टमाटमका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल लगिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरीभद्र अचार्यले जानकारी दिनुभयो ।   

केहि समय यता पर्सा जिल्लाका ग्रामिण क्षेत्रमा जंगली हात्तीले आतंक मच्चाउँदै आएको छ ।