पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पुष्प मेला २०७४ भृकुटीमण्डपमा शुरु 

काठमाडौं । स्वच्छ वातावरण र आर्थिक समृद्धिका लागि फुल व्यवसाय भन्ने नाराका साथ आजदेखि २१ औं पुष्प मेला २०७४ काठमाण्डौको भृकुटीमण्डपमा शुरु भएको छ ।
  
फ्लोरिकल्चर एशोसिसयसन नेपालले आयोजना गरेको मेलाको उद्घाटन गर्नुहुदै कृषि भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनालले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि कृषि पेशालाई मर्यादित र सम्मानित पेशाको रुपमा हेरिनुपर्ने बताउनुभयो ।

मन्त्री खनालले पुष्प व्यवसायको लागि भौगोलिक दृष्टिकोण, हावापानी र वातावरण अनुकुल भएकोले यसको उत्पादन, पर्वद्धन र बजारीकरण गरी नेपाललाई फूल निर्यात गर्ने देशको रुपमा चिनाउन सकिने पनि बताउनुभयो ।

फ्लोरिकल्चर एशोसियसन नेपालका अध्यक्ष कुमार कसजु श्रोष्ठले पुष्प व्यवसायमा व्यवसायीको लगानीको सुरक्षा, फूलखेतीको विमाको व्यवस्था हुनुपर्नेमा जोड दिनु भयो । 

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले मुलुकको अर्थतन्त्र सुदृढ बनाउन निजी क्षेत्रले कृषि व्यवसायमा लगानी बढाएर सरकारसँगै हातेमालो गर्दै अगाडी बढ्न तयार रहेको बताउनुभयो । 

मेलामा विभिन्न जातका मौसमी फूलहरु, आलंकारिक फूलका विरुवाहरु, उत्कृष्ट फूल फूल्ने बिरुवा र फूलका बीउहरु विक्री तथा प्रर्दशनमा राखिएका छन् । 

८२ वटा स्टलहरु रहेको पुष्पमेला बैशाख ३ गतेसम्म चल्नेछ ।