पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बाँदरमुढे घटना जनयुद्धमा भएको ठूलो गल्तीः अध्यक्ष प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र्) का अध्यक्ष पुष्पकमल दाहालले चितवनको बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना र गल्ती भएको बताउनु भएको छ । 

बाँदरमुढे सहयोग समितिले आज चितवनको माडीमा आयोजना गरेको कार्यक्रममा उहाँले बाँदरमुढे पीडितको घाउमा मल्हमपट्टी लगाउने आफ्नो नैतिक र राजनीतिक जिम्मेवारी रहेको बताउनुभयो ।

अहिले बलियो सरकार भएको भन्दै उहाँले राज्यका तर्फबाट हिजो भएका समझदारी अनुसार काम गर्न सकिने बताउनुभयो । 

बाँदरमुढे पीडितसँग निर्वाचनका समयमा आफूले गरेको तीन बुँदे सम्झौता कार्ययोजना बनाएर काम अगाडि बढेको उहाँले बताउनुभयो । यसअघिको सरकारले बाँदरमुढे घटनामा मृत्यु भएकालाई गरेको शहीद घोषणाप्रति कुनै विवाद नरहेको उहाँले प्रष्टपार्नुभयो ।

घटनाका पीडितलाई परिचयपत्र वितरण गरेर सरकारका तर्फबाट राहतका काम अगाडि बढ्ने दाहालले बताउनुभयो ।