पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

च्याम्पियन्स लिगको सेमिफाइनलमा रियल र बार्यन भिड्ने

काठमाडौं । रियल मड्रिड र बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा भिड्ने भएका छन् ।

शुक्रबार भएको ड्रमा १२ पटकको विजेता रियल मड्रिडले जर्मन च्याम्पियन प्रतिद्वन्द्वी पाएको छ । पहिलो लेग म्युनिखमा हुनेछ भने दोस्रो लेग बेर्नाबाउमा हुनेछ । रियल मड्रिडले युभेन्टसलाई हराएको थियो भने बार्यन म्युनिखले सेभियालाई पन्छाएको थियो । 

यस्तै लिभरपुलले रोमा प्रतिद्वन्द्वी पाएको छ । लिभरपुलले इंग्लिस लिग लिडर म्यानचेष्टर सिटीलाई हराएको थियो भने रोमा बार्सिलोनालाई हराउँदै अन्तिम चारमा पुगेको हो । 

पहिलो लेगमा ४–१ ले हरारेपनि रोमाले दोस्रो लेगमा सनसनीपूर्ण जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको थियो ।