पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

दुई पार्टी एक हुनुको विकल्प छैनः नेता खनाल

भक्तपुर । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमाले र माओवादी केन्द्र एक हुनुको विकल्प नभएको बताउनुभएको छ । 

आज भक्तपुरमा आयोजित कार्यक्रममा नेता खनालले मुलुकलाई आर्थिक समृद्धि दिलाउन र विकशित बनाउन दुई पार्टी एक भएर अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो ।

दुई पार्टी एकताको लागि खाका समेत तयार भईसककाले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले जनचाहना अनुसार काम गर्ने बताउनुभयो ।